
- आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
- सुन प्रतितोला ५०० र चाँदी ३० रुपैयाँले सस्तिएको छ।
- आज छापावाल सुन २ लाख ९८ हजार ६०० र चाँदी ४ हजार ६२० रुपैयाँ कायम भएको छ।
काठमाडौ -स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६२० रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
