यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • अहिले देशका पश्चिमी भूभागसहित विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।
  • लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने मुसलधारे वर्षा हुन सक्ने अनुमान गरिएको छ।

काठमाडौ – देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार गएराति देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ ।

Workplace

पछिल्लो ६ घण्टामा तनहुँमा ७२.८ मिलिमिटर पानी परेको छ । त्यसैगरी लमजुङ, नवलपरासी पूर्व, पाल्पा, म्याग्दीमा मध्यम वर्षा भएको छ । पूर्वमा खोटाङ, संखुवासभा, भापामा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मधेश प्रदेशमा भने वर्षा एकदमै कम भएको छ । अहिले कञ्चनपुरमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ । त्यस्तै पूर्व झापामा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहकोे छ । विशेषगरी लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई ठाउँमा भने मुसलधारे वर्षाको अनुमान छ ।

त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै ठाउँ, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना कायमै छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?