यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • अहिले देशका पश्चिमी भूभागसहित विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।
  • लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने मुसलधारे वर्षा हुन सक्ने अनुमान गरिएको छ।

काठमाडौ – देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार गएराति देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ ।

Workplace

पछिल्लो ६ घण्टामा तनहुँमा ७२.८ मिलिमिटर पानी परेको छ । त्यसैगरी लमजुङ, नवलपरासी पूर्व, पाल्पा, म्याग्दीमा मध्यम वर्षा भएको छ । पूर्वमा खोटाङ, संखुवासभा, भापामा हल्कादेखि मध्यम वर्षा भएको छ ।

- Advertisement -Workplace

मधेश प्रदेशमा भने वर्षा एकदमै कम भएको छ । अहिले कञ्चनपुरमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ । त्यस्तै पूर्व झापामा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहकोे छ । विशेषगरी लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई ठाउँमा भने मुसलधारे वर्षाको अनुमान छ ।

त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै ठाउँ, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना कायमै छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?