जापानको पूर्वी क्षेत्रमा टाइफुन ९ जनाको मृ`त्यु, चार बेपत्ता

समाचार सारांश
Auto Generated by AI
  • जापानको पूर्वी क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी ९ जनाको मृत्यु भएको छ।
  • घटनामा ४ जना अझै बेपत्ता भएकाले उद्धारकर्मीहरूले खोजी कार्य जारी राखेका छन्।
  • बाढी र पहिरोबाट ५०० भन्दा बढी घरमा क्षति पुगेको छ भने हजारौँ घर विद्युतविहीन छन्।

जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्। सोमबार कान्तो क्षेत्रमा आएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार चिबा प्रिफेक्चरमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

Workplace

मृतकमध्ये ५० वर्ष आसपासका एक पुरुष पहिरोबाट थुप्रिएको माटो र भग्नावशेष हटाउने क्रममा भारी मेसिन सञ्चालन गरिरहेका बेला बाँसघारीमा खसेर मृत्यु भएको बताइएको छ। त्यस्तै, डुबेको एउटा सवारीसाधनभित्र एक पुरुषको शव फेला परेको छ।

कानागावा प्रिफेक्चरमा पनि ३ जनाको मृत्यु भएको छ। त्यहाँ ६० वर्ष आसपासकी एक महिलाको घरमा पहिरो खस्दा माटोले घर पुरिएपछि उनको मृत्यु भएको जनाइएको छ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि प्रहरी र अग्निनियन्त्रकहरूले अभियान जारी राखेका छन्। टाइफुन डुजुआन सोमबार जापानको पूर्वी प्रशान्त तटीय क्षेत्रमा पुगेपछि कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएको थियो । भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीहरूमा बाढी आएको थियो, जसबाट टोकियो आसपासका क्षेत्र प्रभावित भएका छन्।

हालसम्म चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा ५०० भन्दा बढी भवन ध्वस्त, क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन् । साथै, बुधबार बिहान ६ बज्नुअघि प्राप्त विवरणअनुसार चिबा र कानागावा प्रिफेक्चरका २४ हजार ७०० भन्दा बढी घरपरिवार विद्युतविहीन रहेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?