विदेशमै बसेर मतदाता दर्ता गर्न मिलोस् , प्रवासी नेपाली सम्पर्क मञ्च भारतको नयाँ दिल्लीस्थित दूतावासमार्फत सरकारलाई आग्रह

नयाँ दिल्ली, — विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चितताका लागि प्रवासी नेपाली सम्पर्क मञ्च, भारतले नेपाल सरकारलाई विदेशमै बसेर मतदाता दर्ता गर्न सकिने प्रणाली तत्काल लागू गर्न औपचारिक रूपमा आग्रह गरेको छ। मञ्चका प्रमुख इन्जिनियर अर्जुन प्रसाद भण्डारीले सो मागसहितको पत्र नेपाल दूतावास, नयाँ दिल्लीमा बुझाएका हुन्।

Workplace

पत्र दूतावासले १३ नोभेम्बर २०२५ मा दर्ता गरेको छ। पत्रमा विदेशमा रहेका लाखौँ नेपाली आजसम्म पनि मतदाता नामावलीमा नसमेटिएको उल्लेख गर्दै, राष्ट्रिय परिचयपत्र (NID) मार्फत विदेशबाटै दर्ता प्रक्रिया सञ्चालन गर्न सकिने भएकाले अब सरकारले चाहेजति छिट्टै सम्भव हुने उल्लेख छ।

मञ्चले दिएको विवरण अनुसार, वैदेशिक रोजगारी, अध्ययन तथा बसोबासका कारण ८० लाखभन्दा बढी नेपाली विदेशमा छन्। त्यसमध्ये भारतमा मात्रै करिब ४० लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको उल्लेख गरिएको छ ।
यति ठूलो जनसंख्याले आफ्नो संवैधानिक मतदान अधिकार प्रयोग गर्न नपाउनु नेपालजस्तो लोकतान्त्रिक देशका लागि चिन्ताजनक विषय भएको मञ्चको भनाइ रहेको छ ।

 

मञ्चले उठाएका मुख्य बुँदा के त भन्दा मञ्चले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तीन स्पष्ट माग अघि सारेको छ—(१) वैध NID भएका विदेशस्थित नेपाली नागरिकलाई अनलाइनमार्फतै मतदाता नामावली दर्ता गर्न दिने व्यवस्था मिलाउन। (२) नयाँ दिल्लीसहित विदेशस्थित नेपाली दूतावास तथा कन्सुलेटमा बायोमेट्रिक र फोटो खिच्ने सेवा सुरु गर्न। (३) देश–विदेशमा रहेका सबै योग्य नागरिकले नाम दर्ता गर्न सकून् भनी दर्ता अवधि थप गर्न सम्बन्धित निकायसँग पहल गर्न।

 

विदेशी नेपालीको मताधिकार किन महत्वपूर्ण? यो बुझन अवस्यक छ मञ्चका अनुसार, आर्थिक वर्ष २०२३/२४ मा मात्र ७ लाख ४१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यसरी वर्षेनी लाखौँ नेपालीले देशबाहिरै बस्नुपर्ने बाध्यताको कारण उनीहरू मतदाता सूचीमा नाम दर्ता गर्न नपाई लोकतान्त्रिक अधिकारबाट टाढिनुपरेको छ।

मञ्चका प्रमुख भण्डारीले भने अनुसार  “सरकारले NID प्रणाली सुरु गरेर ठूलो सरलता दिएको छ। अब यसलाई विदेशमै बसेर पनि प्रयोग गर्न दिने व्यवस्था मिलाए लाखौँ प्रवासी नेपालीले आफ्नो मताधिकार सुरक्षित गर्न सक्नेछन्।”

उनका अनुसार, प्रवासी नेपालीको राजनीतिक सहभागिता कागजी पहिचानको प्रश्न मात्र नभई, “देशप्रतिको उत्तरदायित्व र सम्बद्धताको प्रतीक” पनि  रहेको भण्डारी बताउछन् ।

दूतावासमार्फत पठाइएको पत्रमा मञ्चले गृह मन्त्रालय र निर्वाचन आयोगले तत्काल प्राविधिक प्रक्रिया अघि बढाई आगामी निर्वाचनअघि नै विदेशबाट दर्ता प्रणाली सुरु गर्न सकिने वातावरण बनाइदिन आग्रह समेत गरेको छ।

“देशभित्र बसेकाजति विदेशमा रहेका नेपाली पनि राष्ट्रका नागरिक हुन्। मतदान अधिकार जत्तिकै आधारभूत अधिकार अर्को हुँदैन। सामान्य प्रबन्ध मिलाए सबै प्रवासी नेपालीले पनि आगामी निर्वाचनमा योगदान दिन सक्ने प्रवासी नेपाली सम्पर्क मञ्च, भारतले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?