काठमाडौं, नेपाली सुन बजारमा बुधबार ठूलो गिरावट देखिएको छ। मंगलबार ऐतिहासिक रूपमा तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको सुनको भाउ आज एकैदिन साढे ७ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा झरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ७ हजार ५ सय रुपैयाँले घटेको छ। यो हालसम्मको एकैदिनको ठूलो गिरावटमध्ये पर्न आउँछ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
