icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

भीम मल्ल ठकुरी अध्यक्ष चयन

यूएई — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन भएका छन्। यसअघि उपाध्यक्ष रहेका ठकुरी लामो समयदेखि संगठन विस्तार, श्रमिक सहायता र समुदायिक समन्वयमा सक्रिय रूपमा काम गर्दै आएका छन्।

Workplace

एनआरएनए यूएईको बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो। बैठकमा आईसीसी उपाध्यक्ष मनोज गोर्खाली, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना, मध्यपूर्व संयोजक रमेश श्रेष्ठसहितका प्रतिनिधिको उपस्थिति थिए। यसअघि संघको नेतृत्व विकास शाहीले सम्हाल्दै आएका थिए।

महासचिवमा कुमार श्रेष्ठ, उपाध्यक्षमा रुद्र थापा र सुरिन भुजेल, सचिवमा केशव खड्का र सविन तामाङ, कोषाध्यक्षमा नवराज ढुंगाना, सह–कोषाध्यक्षमा अलिना श्रेष्ठ र सदस्यमा विजय श्रेष्ठ चयन भएका छन्।

अध्यक्षमा चयन भएपछि भीम मल्ल ठकुरीले फेसबुकमार्फत समुदाय, अग्रज तथा सहयात्री अभियन्ताप्रति आभार व्यक्त गर्दै आफूलाई विश्वास दिलाइएको नेतृत्वलाई पूर्ण इमान्दारीसहित पूरा गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन्।
उनले भने “तपाईँहरूको माया, साथ र सहयोगले आज म एनआरएनए यूएईको अध्यक्षजस्तो सम्मानित जिम्मेवारी पाएको छु। यो केवल पद होइन, ठूलो उत्तरदायित्व पनि हो। म यूएईमा रहेका नेपाली कामदार, व्यवसायी तथा सम्पूर्ण समुदायका लागि इमान्दारी र प्रतिबद्धतापूर्वक काम गर्नेछु।”

ठकुरीले आफूलाई निरन्तर साथ दिँदै आएका १० वर्षभन्दा लामो एनआरएनए अभियानसँग जोडिएका सबै अभियन्ता, संघ–संस्था, जिल्लास्तरका समूह तथा वैचारिक संस्थालाई समेत धन्यवाद व्यक्त गरेका छन्।
उनले नेपाल खोजखबर ड्ट कम लाई बताए अनुसार “आगामी दिनमा श्रमिकका हक–हित, आपत्कालीन सहयोग, कानुनी सहजीकरण र समुदायिक सेवा विस्तारमा मेरो टिम अझ सशक्त रूपमा अघि बढ्नेछ। अबको एनआरएनए यूएई एक आपसमा मिलीजुली, हातेमालो गर्दै अगाडि बडाउने बताएका छ्न।

विगत १० वर्षदेखि एनआरएनए अभियानमा संलग्न ठकुरीले श्रम–सम्बन्धी सहयोग, समस्यामा परेकालाई सहजीकरण तथा यूएईमा रहेका विभिन्न संघ–संस्थाबीच समन्वयमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। नयाँ नेतृत्वसँगै यूएईस्थित नेपाली समुदायका हकहितका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?