
- भोटेकोसी विपद् पीडितका लागि भारतले थप ११ टन राहत सामग्री पठाएको छ।
- आज पठाइएका सामग्रीमा औषधि, पाल, सरसफाइका वस्तु र अन्य अत्यावश्यक सामाग्री रहेका छन्।
- भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले निरन्तर सहयोग गरिरहेको जानकारी दिएका छन्।
काठमाडौं।भारतले भोटेकोसी विपद्मा सहयोगका लागि निरन्तर राहत सामग्री पठाइरहेको छ।

यसै क्रममा आज पनि औषधिल, अत्यावश्यक सामग्रीसहित थप ११ टन राहत नेपाल पठाइएको भारतका विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।
उनका अनुसार आज औषधि, फरेन्सिक सामग्री, पाल, सरसफाइ सामग्री, स्लिपिङ ब्याग र अन्य अत्यावश्यक सामग्री नेपाल पठाइएको हो।
