
- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घटेको छ।
- छापावाल सुनको भाउ ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर ४७७५ रुपैयाँ कायम भएको छ।
काठमाडौ।नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको छ ।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार १० ग्राम सुन २ लाख ६० हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, १० ग्राम चाँदीको मूल्य सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको छ
