२६ फाल्गुन २०८२, मंगलबार

सबिन खड्काको आवाजमा “चालिस कटेसी” बोलको गीत सार्वजनिक

सुभाष ज्ञवाली काठमाडौं । गायक सविन खड्का र गायिका आसा बिसीको स्वरमा सजिएको नयाँ गीत “चालिस कटेसी” बोलको गीत  सार्वजनिक भएको छ । उक्त गीत (SK Entertainment Nepal) युटुबब च्यानलबाट सार्वजनिक  भएको हो ।

Workplace

गीतको शब्द गायक खड्काले नै गरेका हुन् भने पछिल्लो समयका लोकप्रिय संगीतकार मोतिराज खनालले संगीत भरेका छन्। संगीत संयोजन, मिक्सिङ मास्टरिङ हेमराज डाँगीको रहेको छ ।

गीतको कथा,निर्देशन सुरज खनालले सम्हालेका छन्। शिव बिकको सिनेम्याटोग्राफीले दृश्यलाई आकर्षक बनाएको छ भने सम्पादन र रङ संयोजन बिनोद बमले गरेका छन्।

गीतको भिडियोमा महेन्द्र खड्का, कमल जिसी, हरि आचार्य, रिना गुरुङ र यशु भट्टराईको अभिनय आकर्षक रुपमा देख्न पाइन्छ । कलाकारहरुले प्रस्तुत गरेको अभिनयलाई कोरियोग्राफर सुमित्रा संजिलाले नृत्यको माध्यमबाट अझ प्रभावशाली बनाएकी छन्।

गीतले मध्य उमेरको जीवन र त्यसपछि आउने परिवर्तित अनुभवहरूलाई समेट्ने प्रयास गरेको छ भने गीतको अडियो भिडियो नै राम्रो भएकाले दर्शक स्रोताको अपार मायाँ पाउने अपेक्षा गरिएको छ ।

भिडियो सहित 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?