
मेष : दिन राम्रो छ । आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । धार्मिक क्षेत्रमा पुगेर दान गर्ने समय आएको छ । दानले तपाईंमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ ।
वृष : बोल्दा ख्याल नगर्दा साथीभाइ टाढा हुनसक्छन् । स्वाभिमान जोगाउने प्रयास गर्नुपर्नेछ । स्वास्थ्यले साथ दिनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।
मिथुन : शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ । आफन्तले भन्दा बाहिरका साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन् । राज्यका तर्फाट सेवाको अवसर मिल्नेछ ।
कर्कट : दिन राम्रो छ । जग्गा सम्बन्धी कारोबारबाट लाभ हुनेछ । विपक्षी सक्रिय भएकाले हरेक काममा चलाख बन्नुपर्नेछ । संकटमा परिवारको साथ मिल्नेछ । धार्मिक यात्रा हुने योग रहेको छ ।
सिंह : आम्दानी बढे पनि अनावश्यक चिन्ताले मन अशान्त बन्नसक्छ । शनिको प्रभावले सोचेका काममा अवरोध हुनसक्ने जोखिम छ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।
कन्या : कृषि क्षेत्रको व्यापारबाट नाफा हुनेछ दिन छ । राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ । शिक्षामा गरेको मिहिनेतको आंशिक फल प्राप्त हुनेछ । परिवारसँग सचेत भएर काम गर्नुपर्ने दिन छ ।
तुला : दिन राम्रो छ । समाजले तपाईंलाई सम्मान गर्नेछ । राजनीतिक क्षेत्रमा विज्ञको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । दिन रमाइलोसँग बित्नेछ ।
वृश्चिक : सञ्चित धन खर्च हुनेछ । अनावश्यक खर्च कटौती गर्नुपर्नेछ । शिक्षामा गरेको गहिरो अध्ययनले मनमा शान्ति मिल्नेछ । परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।
धनु : दिन राम्रो छ । साथीसँग सहकार्य गर्नुपर्ने दिन छ । मनको कुरा व्यक्त नगर्दा घाटा हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।
मकर : स्वास्थ्यमा सुधार हुनेछ । रोगबाट मुक्त हुने योग छ । साथीले साथ दिएको समयमा ठुलो काममा हिम्मत गर्नु उचित हुनेछ । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।
कुम्भ : मनमा शान्ति मिल्नेछ । बौद्धिक व्यक्तिसँगको परामर्शले दीर्घकालीन योजना बन्नेछ । धार्मिक क्षेत्रको यात्रा तय गर्ने दिन छ । शनिदेवलाई सुखी पार्न बिहान उठेर शिवको भजन सुन्नुपर्नेछ ।
मीन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ । बाहिरी कुराले मनमा खटपटी बढ्नेछ । परिवारको व्यवस्थापन गर्नेक्रममा थप जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
