देशका २२ जिल्लामा मंगलबार पनि आकस्मिक बाढीको जोखिम

समाचार सारांश
Auto Generated by AI
  • मंगलबार देशका २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ।
  • भारी वर्षाले साना तथा ठूला नदीमा बहाव उल्लेख्य बढ्नेछ।
  • विशेष गरी पहाडी भेगका नदी तटीय क्षेत्रमा सतर्कता आवश्यक छ।

काठमाडौं।रसुवा र नुवाकोटसहित देशका २२ जिल्लामा मंगलबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएको छ।

Workplace

बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। मंगलबार ताप्लेजुङ, पाँचथर, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

सोही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाले केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?