आजको मौसम, आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

समाचार सारांश
Auto Generated by AI
  • देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा अहिले सामान्यदेखि आंशिक बदली छ।
  • कोसी, बागमती, गण्डकी र कर्णालीका उच्च भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
  • दिउँसो देशभर वर्षा र हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षासमेत हुन सक्छ।

काठमाडौं।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार हाल कोसी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भेगमा साधारणतया बादल तथा बाँकी तराईमा आंशिक बादल लागेको छ। अनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा भने भारी वर्षा पनि भइरहेको छ।

Workplace

मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र  गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?