दक्षिण अमेरिकी देश कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबेलाई चुनावी अभियानका क्रममा गोली हानी ह`त्या गरिएको छ।


घटनापछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको छ। उनको अवस्था अझै पनि गम्भीर छ।
उरिबेले राजधानी बोगोटामा एक र्यालीलाई सम्बोधन गर्दै थिए। कोलम्बियामा २०२६ मा राष्ट्रपति चुनाव हुँदैछ। मिगुएल उरिबेलाई राष्ट्रपति पदको प्रमुख दावेदार मानिन्छ। ३९ वर्षीय उरिबे विपक्षी डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन्।
बोगोटाका मेयर कार्लोस गालानले आक्रमण शहरको फन्टीबोन क्षेत्रमा भएको बताए।
उरिबेको अवस्थाका कारण शहरभरका अस्पतालहरूलाई सतर्क गराइएको छ।
प्रहरीले घटनास्थलबाट आक्रमणकारीलाई पक्राउ गरेको छ।
