icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

६० दिनपछि चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा, भालेश्वर महादेव दर्शन सहज

काठमाडौं । करिब दुई महिनादेखि रोकिएको चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द गरिएको थियो।

Workplace

कम्पनीका अनुसार सेवा पुनः सुचारु भएपछि भक्तजनले नेपालकै उत्कृष्ट धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिरमा सहज रूपमा दर्शन गर्न पाउने छन्। साथै, पर्यटकहरूले रिसोर्टको आतिथ्य, मनोरञ्जन र अन्य सुविधाको अनुभव गर्न सक्नेछन्।

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकारको बटम स्टेसनमा व्यापक क्षति पुगेपछि सेवा अवरुद्ध भएको थियो। त्यसयता, चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका प्राविधिक टोली बोलाई आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा निरीक्षणका कार्य सम्पन्न गरी सेवा पुनः सञ्चालनमा ल्याएको हो।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सञ्चालन योग्य बनाउन अहोरात्र खटिएका प्राविधिक टोली र कर्मचारीप्रति आभार व्यक्त गर्दै भक्तजन तथा पर्यटकको धैर्यताका लागि धन्यवाद दिएका छन्। उहाँले सेवा सुरु भएसँगै काठमाडौं उपत्यकाको मनोरम दृश्य, हरियाली र शान्त वातावरणको आनन्द लिन आउने सबैलाई स्वागत गर्नुभएको छ।

सेवा बन्द हुनु अघि दैनिक करिब दुई हजार भक्तजन र पर्यटकले चन्द्रागिरि केबलकारको प्रयोग गर्ने गरेका थिए। हिल्स व्यवस्थापनले सेवा पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने स्थानीय समुदायप्रति पनि हार्दिक आभार व्यक्त गरेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?