हङकङसँग नेपाल १५ रनले पराजित, सेमिफाइनलमा ओमानसँग भिड्ने

समाचार सारांश
Auto Generated by AI
  • एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
  • हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल २४६ रनमै समेटियो।
  • नेपालका लागि इशान पाण्डेले ९० रन जोडे पनि जितका लागि पर्याप्त भएन।

काठमाडौं।मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४६ रन मात्र बनायो।

Workplace

नेपालको लागि इशान पाण्डेले ९० रन बनाए। यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे।बलिङतर्फ हङकङका अइजज खानले चार विकेट हात पारे। यस्तै, यसिम मुर्ताजाले दुई विकेट लिँदा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए।त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो।हङकङका लागि बाबर हयातले शतकीय पारी खेले। हायातले ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन जोडेका थिए।यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे।बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?