अमेरिकाबाट ७६ यात्रु लिएर गएको विमान क्यानडामा दु`र्घटना

क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

Workplace

विमानमा ७६ यात्रु र ४ चालक दलका सदस्यसहित ८० जना सवार थिए।

विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो। अवतरणको समयमा विमानको पखेटामा रहेका फ्ल्यापहरूले राम्रोसँग काम नगरेकोले विमान पल्टिएको जनाइएको छ।

केही मानिसहरूले दुर्घटनाको समयमा टोरन्टोमा ठूलो हिमपात भएको बताएका छन्। क्यानडाको मौसम विज्ञान विभागका अनुसार हावा ६५ किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको थियो।

क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यसमा सहयोग गरिरहेको सञ्चारमाध्यममा उल्लेख गरेको छ।

दुर्घटनापछि टोरन्टो विमानस्थलमा २०० भन्दा बढी उडानहरू अस्थायी रूपमा रोकिएका थिए तर केही घण्टामै उडानहरू पुनः सुरु भएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?