एकदिवसीय अभ्यास खेलमा दक्षिण अष्ट्रेलियासंग १३८ रनले पराजित

काठमाडौं।अष्ट्रेलिया भम्रणमा रहेको नेपाल ‘ए’ दोस्रो एकदिवसीय अभ्यास खेलमा दक्षिण अष्ट्रेलियासंग १३८ रनले पराजित भएको छ।

Workplace

२६० रनको लक्ष्य सहित मैदानमा जबाफी ब्याटिङ गरेको नेपाली टोली २२.१ ओभरमा मात्र १२१ रनमा समेटिएको हो। नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। मयान यादवले २०, दीपक डुम्रेले १८ र अनिल साहले ११ रन जोडे।

- Advertisement -Workplace

दक्षिण अष्ट्रेलियाका लागि स्पेन्सर जोन्सनले ३ विकेट लिएका छन्। क्याम्पबेल थम्पसनले २ तथा हेडन शिलर, हानो ज्याकब्स र लाचलान बाङ्सले समान १ विकेट हात पारे।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनाएको थियो।

उसका लागि डाउट्जी हुगेनबोजमले शानदार शतकसहित १११ रन बनाए। उनले १२२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै लाचलान बाङ्सले ४२ तथा जेर्सिस वाडियाले २९ रन जोडे।

नेपालका लागि राशिद खानले २ विकेट लिए। रिजान ढकाल, पवन सर्राफ, लोकेश बम र नारायण जोशीले समान १-१ विकेट हात पारे।

यस्तै, नेपाली टोली यसअघि भएको आफ्नो पहिलो अभ्यास खेलमा तास्मानियासंग २ विकेटले पराजित भएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?