बेंगलोरमा ६ वर्षीया नेपाली बालिकाको बला”त्कार पोछि ह’त्या प्रवासी नेपालीको कडा कारवाहीको माग

नयाँ दिल्ली = भारतको बेंगलोरमा नेपाल कालीकोट जिल्ला, नरहरीनाथ गाउंपालिका वडा नं ४ रुप्सा अदेला घर भइ हाल कामको सिलसिलामा भारतको बेंगलोर बानसवाडी बस्दै आइरहनु भएका दिपेंद्र बोगटी र सुनिता कुँवर की जेठी सुपुत्री बर्ष ६ की रश्मी बोगटी को ६ बर्षीय नेपाली बालिकाको बला”त्कार गरि ह”त्यागरिएको छ ।

Workplace

त्यहीं नजिकको ठाउँमा बन्दै गरिरहेको अपार्टमेन्ट मा काम गर्ने एकजना भारतको बिहार निवासी भारतिय नागरिकले बला”त्कार पछि ह`त्या गरेको पुष्टि भएको छ। अहिले बेंगलोर मा भएका बिभिन्न संघ संस्था, सामाजिक अभियन्ता, पत्रकार एबम बेंगलोर मा बस्दै आइरहनु भएका आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले यस दुखद घटना को निष्पक्ष जांच र कुनै खालको दवाव मा आएर घटनालाई लुकाउन तथा दवाउन नदिन को लागि बेंगलोर को रामामुर्थी नगर पुलिस स्टेसन अगाडी बिशाल रुपमा भेला भएर मृतक नानीको न्यायको लागि आन्दोलन गरिरहनु भएको छ।

उक्त घटनामा नेपाली जनसम्पर्क समिती लगायत अन्य संस्थाहरुले घटनामा दोसिलाइ कार्वाहीको लागि बलात्कारी र हत्यारा को पहिचान भैसकेकोले खबरदारी गर्दै आएका छ्न उक्त आरोपित अहिले पुलिस हिरासत मा रहेको छ र मृ”तक नानीको शबलाई अहिले पोस्टमार्टम को लागि सरकारी अस्पताल लगिएको छ।

यस्तो क्रुर र अमानबिय घटनाको घोर भर्त्सना गर्दै ह’त्यारा र बला”त्कारीलाई कडा भन्दा पनि कडा सजायको लागि प्रवासी नेपाली हरुले माग गरि रहेका छन भने अहिले बेंगलोरमा नेपाली हरु आन्दोलितमा उत्रिएका छ्न ।

यस अत्यन्तै दुखद घटना सम्बन्धमा नेपाली राजदुतावास दिल्ली, नेपाल सरकार , भरत ,सरकार्को ध्यानाकर्षण गराउदै दोसिलाइ कडा भन्दा कडा कामकारबाहीको नेपाल खोजखबर ध्यानाकर्षण गराउन चाहान्छ । उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति नेपाल खोजखबरको तर्फबाट गहिरो समवेदना प्रकट गर्दछौ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?