सुनको मूल्य ७ हजार ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

समाचार सारांश
Auto Generated by AI
  • साताभरि घटिरहेको सुनको मूल्य बिहीबार तोलामा ७ हजार ६०० रुपैयाँले बढेको छ।
  • वृद्धिपछि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्यमा पनि सुधार आउँदै तोलामा १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ।

काठमाडौं।विगत एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य स्थानीय बजारमा बिहीबार भने उच्च अङ्कले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।मूल्य वृद्धि भएसँगै बिहीबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो मङ्गलबारदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको थियो।बुधबार मात्रै तोलामा ८ हजार ८०० रुपैयाँले घटेर सुन २ लाख ९७ हजार ३०० रुपैयाँमा झरेको थियो। त्यस्तै मङ्गलबार ५०० रुपैयाँ घटेर ३ लाख ६ हजार १०० रुपैयाँ, सोमबार २ हजार ४०० रुपैयाँ घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ र आइतबार ९ हजार ५०० रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ पुगेको छ।

Workplace

यसअघि बुधबार चाँदी तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार १५ रुपैयाँ घटेर ४ हजार ७६५ रुपैयाँ कायम भएको चाँदी सोमबार आइतबारकै मूल्य अर्थात् ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने चाँदीको मूल्य १८५ रुपैयाँले घटेको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?