सेनाजस्तै देखिने ‘ग्रीन आर्मी’ को गतिविधिमाथि एमाले महासचिव पोखरेलको प्रश्न.?

समाचार सारांश
Auto Generated by AI
  • एमाले महासचिव शंकर पोखरेलले 'ग्रीन आर्मी' संस्थाको वैधता र स्रोतबारे प्रश्न उठाउँदै सरकारसँग स्पष्टीकरण मागेका छन्।
  • सेनाको पोसाक र तालिमसँग जोडिएको यो संस्थाको उद्देश्य र क्रियाकलापप्रति उनले गम्भीर सन्देह व्यक्त गरेका छन्।
  • विपद्का बेला बेपत्ता रहेर जोखिम घटेपछि सक्रिय भएको भन्दै यस्तो गतिविधिले समाजमा त्रास फैलाउने उनको दाबी छ।

काठमाडौ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता र पृष्ठभूमिमाथि प्रश्न उठाएका छन्।

Workplace

सामाजिक सञ्जालमार्फत उनले विद्यालयहरूमा शाखा र ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको यो संस्थाको संचालन स्रोत के हो भनेर उनले चासो व्यक्त गरेका हुन्। महासचिव पोखरेलले यो संगठनलाई नेपाली सेनाले तालिम दिएको दाबीसहित तस्बिरहरू सार्वजनिक भएको उल्लेख गर्दै भनेका छन्, ‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने कुरा त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो? यदि होइन भने, सेनाजस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ।’

यो संगठन विपद् उद्धारका लागि भनिए पनि मुलुक महाविपद् र उच्च जोखिममा पर्दा यो कहाँ लुकेर बसेको थियो भन्ने प्रश्नसमेत उनले गरेका छन्। जोखिम घटेको बेला एक सातापछि अचानक चटक देखाउने शैलीमा यो मैदानमा उत्रिएको भन्दै उनले यस्ता गतिविधिले समाजमा राहतभन्दा बढी सन्देह र त्रास मात्र फैलाउने बताएका छन्। साथै, यस विषयमा सम्बन्धित निकायको ध्यान तुरुन्तै जानुपर्नेमा उनले जोड दिएका छन्।

यस्तो छ उनको फेसबुक स्टाटस
‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता र पृष्ठभूमि के हो?
विद्यालय-विद्यालयमा शाखा र ५२ जिल्लामा सञ्जाल दाबी गरिएको यो कस्तो संगठन हो? यसको संचालनका लागि आम्दानीको श्रोत के हो ? यसलाई नेपाली सेनाले तालिम दिएको दाबीसहित तस्बिरहरू सार्वजनिक भएका छन्। नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल (एनसीसी) गठन गर्ने त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो?
यदि होइन भने, सेना जस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ।
यो संगठन विपद्को उद्धारका लागि भनिए पनि मुलुक महाविपद् र उच्च जोखिममा पर्दा यो कहाँ लुकेर बसेको थियो? जब जोखिम घटेको छ, तब एक सातापछि अचानक चटक देखाउने शैलीमा यो मैदानमा उत्रिएको छ। यस्ता गतिविधिले समाजमा राहतभन्दा बढी सन्देह र त्रास मात्र फैलाउँछन्। यसमा सम्बन्धित निकायको ध्यान तुरुन्तै जानुपर्छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?