युनिफिकेशन चर्च’ की नेत्री हानलाई २ वर्षको जेल सजाय

समाचार सारांश
Auto Generated by AI
  • दक्षिण कोरियाली अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक–जालाई २ वर्षको जेल सजाय सुनाएको छ।
  • उहाँमाथि पूर्वराष्ट्रपति र प्रथम महिलालाई घुस र विलासी वस्तुहरू दिएर राजनीतिक प्रभाव जमाएको आरोप छ।
  • हानले आरोप अस्वीकार गर्दै फैसला विरुद्ध पुनरावेदन गर्ने घोषणा गर्नुभएको छ।

दक्षिण कोरियाको एक अदालतले ‘युनिफिकेशन चर्च’ की नेत्री हान हक–जालाई २ वर्षको जेल सजाय सुनाएको छ ।

Workplace

सोल केन्द्रीय जिल्ला अदालतले ८३ वर्षीया हानलाई पूर्वराष्ट्रपति युन सुक–योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीका कसुरमा सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम केओन–हीलाई च्यानलका झोला र हिराको हारलगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ ।

यद्दपि हानले किमलाई डिजाइनर ह्यान्डब्यागजस्ता सामग्रीहरू उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ । उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन् ।

‘युनिफिकेशन चर्च’ का रूपमा चिनिने ‘फ्यामिली फेडेरेशन फर वल्र्ड पिस एन्ड युनिफिकेशन’ की प्रमुख हानलाई युन र किम जोडिएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो ।

सन् २०२४ को डिसेम्बरमा सैनिक शासनको घोषणा गरेपछि पदबाट हटाइएका पूर्वराष्ट्रपति युनविरुद्ध शुरू गरिएका धेरै अनुसन्धानहरूमध्ये यो एउटा थियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?