देशभरका प्रहरी कर्मचारीलाई तत्काल बिदा नदिन निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कर्मचारीलाई अर्को सूचना नभएसम्म बिदा नदिन निर्देशन दिएको छ।
  • प्रसूति र किरिया बिदाबाहेक अन्य सबै बिदा बन्द गरिएको छ भने बिदामा रहेकाहरूलाई तत्काल हाजिर हुन भनिएको छ।
  • देशभर भइरहेको विरोध प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाउन यस्तो निर्णय लिइएको हो।

काठमाडौ – प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कर्मचारीलाई तत्काल बिदा नदिन निर्देशन दिएको छ ।

Workplace

 

प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले शनिबार सबै मातहतका निकायलाई परिपत्र गर्दै प्रसूति र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नछाड्न र सिफारिस नगर्न निर्देशन दिएको हो ।

शाखा अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले जारी गरेको पत्रमा भनिएको छ, “हालको अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्म प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नछाड्न तथा सिफारिस नगर्न नगराउन हुन अनुरोध छ ।”

यसैगरी, बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि अविलम्ब काममा फर्किन निर्देशन दिइएको छ । पत्रमा भनिएको छ, “हाल कार्यालय प्रमुखको जिम्मेवारीमा रही बिदामा बसेका प्रहरी अधिकृतहरूलाई अविलम्ब कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउन हुन अनुरोध छ ।”

यो निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, सबै विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले यो कदम जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशभर विरोध प्रदर्शन गरिरहेको अवस्थालाई मध्यनजर गर्दै चालेको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?