
- पाल्पाको तिनाउमा लागूऔषधसहित तीन जना युवा पक्राउ परेका छन्।
- बुटवलबाट गुल्मी जाँदै गरेको गाडीबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
पाल्पा।पाल्पाको तिनाउ गाउँपालिका–३ मा लागु औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी चेकिङ टोलीले बुटवलबाट गुल्मी जाँदै गरेको लु.प्र.०१–००१ ज ७५७९ नम्बरको ईभी हाइस गाडी चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट नाइट्राजेपाम (Nitrazepam) २५–२५ ट्याब्लेटका तीन पत्ता र स्पास खुल्ला ६–६ ट्याब्लेट बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा गुल्मी रेसुङ्गा नगरपालिका–४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, साेही स्थानका बस्ने २५ वर्षीय मेहर सिंह राना र रेसुङ्गा नगरपालिका–९ सेजुवा बस्ने २६ वर्षीय एकराज पन्थी रहेका छन् । तीनै जनालाई जिल्ला अदालत पाल्पाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
