
- रसुवाका बाढी प्रभावितका लागि नयाँ सोच युवा समूहले ५० हजार रुपैयाँ सहयोग गरेको छ।
- सरकारी क्यूआर कोडमार्फत उक्त रकम विपद् व्यवस्थापनका लागि प्रदान गरिएको हो।
- समूहले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको छ।
अर्घाखाँची — रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नयाँ सोच युवा समूहले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले नयाँ सोच युवा समूहले नेपाल सरकारले उपलब्ध गराएको क्यूआर (QR) कोडमार्फत ५० हजार आर्थिक सहयोग रकम प्रदान गरेको नयाँ सोच युवा समूह का अध्यक्ष शुरज थापा ले जानकारी दियका हुन ।

विपद्को समयमा पीडित परिवारलाई साथ र सहयोग पु¥याउने उद्देश्यले समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको नयाँ सोच युवा समुहा का सचिव दिपक खत्रिले नेपाल खोज खबर लाई बताय का हुन।

नयाँ सोच युवा समूहले यसअघि पनि विपन्न तथा आर्थिक रूपमा कमजोर परिवार, र खेलकुद क्षेत्रलगायत विभिन्न सामाजिक तथा मानवीय कार्यमा निरन्तर आर्थिक सहयोग गर्दै आएको सचिव दिपक ले भने।
समूहले समाजमा आवश्यक परेका बेला आफ्नो क्षमताअनुसार सहयोग गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको खत्रि को भनाई छ।
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि गरिएको यो सहयोगले विपद्को समयमा एक–अर्कालाई सहयोग गर्ने सामाजिक भावना अझै बलियो बनाउन प्रेरणा दिने विश्वास छ नेपाल खोज खबर लाई खत्रिले भने।
नयाँ सोच युवा समूहले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यलाई नयाँ सोच युवा समुहले निरन्तरता दिने छ।
