icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

गरिब जनताको मुखमा ढिँडो फर्काउँदै “राष्ट्रिय कोदो दिवस” – जनताको चासो, सरकारको जिम्मेवारी

दिनेश खत्रि काठमाडौं — कहिल्यै मिडियामा नदेखिने, योजनाको सूचीमा नपर्ने गरिब जनताको थालमा सजिने कोदोको ढिँडो आज राष्ट्रिय चिन्ताको विषय बनेको छ।

Workplace

 

“ढिँडो खाएको भन्न लाज लाग्ने” समयबाट गुज्रँदै, अब ढिँडो खाएकोमा गर्व गर्ने अवस्था सिर्जना हुँदै छ। सरकारले साउन १६ गतेलाई “राष्ट्रिय कोदो दिवस” को रूपमा मनाउने घोषणा गरिसकेको छ — यो केवल एक दिवस होइन, गरिब जनताको चुल्होमा फर्किन लागेको भरोसा हो यसरी हेर्न सकिन्छ ।

समुन्द्री सतहदेखि १८ सय मिटर उचाइसम्म सहजै फल्ने कोदो, कुनै बेला गाउँघरको जीवनशैली थियो।

अहिले बिदेशी चामलका बोरा सजिलै गाउँ पुग्न थालेपछि कोदो बेपत्ता हुनलागेको  हो । तर, जसले चामल किन्न सक्दैन, जसको चुल्होमा ढिँडो मात्र पाक्छ, ती गरिब जनताको लागि कोदो अस्तित्व ,ऊर्जा र  जीविका हो।

सरकारले अब कोदो उत्पादन, संरक्षण र प्रबर्द्धनमा गरिब किसानलाई प्रत्यक्ष राहत दिने कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। उत्पादन घट्दै गएकाले कोदो किसानहरूलाई अनुदान, बीउ र बजार सुनिश्चित गर्ने योजना जरुरी छ। यदि सरकार राष्ट्रिय कोदो दिवस मात्र नारामा र दिवस मनाए मात्र नहुने भएकाले सरकारको गम्भीर ध्यानाकषिर्त हुन आबस्यक छ ।

कोदो दिवस मनाउनु आफैंमा राम्रो सुरुवात हो, तर त्यो गरिब जनताको थालसम्म पुग्ने काममा परिणत हुनुपर्छ।

अब चामलका बोरा होइन, आफ्नो खेतको अन्नलाई सम्मान दिने नीति आवश्यक छ। गरिब जनताको चुल्हो बल्नैपर्छ, र त्यो ढिँडोले पनि बल्न सक्छ — यदि सरकार साँच्चै जनताको चासोमा छ भने। असम्भव केही छैन

राष्ट्रिय कोदो दिवसको अवसरमा सम्पूर्ण किसान, मजदुर र          मेहनती जनतामा शुभकामना!

ढिँडो खाँदै नेपाली युवा 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?