रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या ४६९ पुग्यो, उद्धार कार्य जारी

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म ४६९ जनाको मृत्यु भएको छ।
  • विभिन्न जिल्लाबाट १५४५ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।
  • प्रभावित क्षेत्रमा ४३४८ सुरक्षाकर्मी खटिए पनि २८ जना प्रहरी अझै बेपत्ता छन्।

काठमाडौं ।रसुवा जिल्लामा आएको भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ।

Workplace

नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म दिएको विवरण अनुसार विभिन्न जिल्लाबाट कुल ४६९ जनाको शव फेला पारिएको छ। फेला परेका शवहरूको विवरण अनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, न.प.पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र न.प.पश्चिममा २७ जना रहेका छन्।

घटनामा परेर घाइते तथा उद्धार गरिएकाहरूको संख्या एक हजार ५४५ पुगेको छ। यसमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा तीन जनाको उद्धार भएको छ। साथै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या ८४ रहेको छ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म चार हजार ३४८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?