icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

हाते ट्याक्टर मर्मत सम्बन्धि तालिमकाे अर्घाखाँचीकाे भुमिका स्थान नगरपालिका वडा न ७ मा समापन

अनिल नेपाली अर्घाखाँची 

Workplace

अर्घाखाँची – हाते ट्याक्टर मर्मत सम्बन्धि तालिमकाे अर्घाखाँचीकाे भुमिका स्थान नगरपालिका वडा न ७ मा समापन गरिएको छ ।भुमिका स्थान नगरपालिका वडा न ७ का स्थानीय किसानलाई पाँच दिने तालिम दिईएकाे हाे । पछिल्लो समयमा कृषि प्रयोजनमा आजकल हाते ट्याक्टरको प्रयोग ह्वात्तै बढेको छ । स-साना मेशिनरी बस्तुको उपयोग गर्न नजान्दा ठूला समस्या देखिएकाे ले कृषिमा यान्त्रिकिकरण र प्रविधिमैत्री बनाउन र दक्ष जनशक्ति उत्पादन गर्न वडाले मर्मत सम्बन्धी तालिम दिईएको जनाएको छ ।

तालिमको समापन गदै वडा ७ का अध्यक्ष रामचन्द्र ढुङ्गनाले परिवर्तनको नाममा हामीले भाैतिक विकास लाई प्राथमिकता दियौं सीप विकास , चेतनाकाे विकास गर्न सकेनाै , पछिल्लो समयमा ग्रामिण भेकमा गोरु पाल्ने क्रम घट्दै जाने र मिनि टेलर(हाते ट्याक्टर)को प्रयोग बढ्दै गएको भए पनी बिग्रे पछि मर्मत गर्न नसक्दा त्यसै थन्कने समस्या रहिआएको ले ती समस्या लाई निराकरण गर्नकाे लागि तालिममा सिकेका सिपलाई व्यवहारमा लागु होस भनेर मिनि टेलर मर्मत तालिम आयोजना गरेको बताउदै ग्रामिण भेकमा मिनि टेलर (हाते ट्याक्टर) ल्याउने तर बिग्रेर त्यसै थन्कीने समस्याको समाधानका लागि यो कार्यक्रम गरिएकाेले यसले कुषिकाे उत्पादकत्व बढाउन प्रविधिमैत्री बनाउन  महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष ढुङ्गनाले बताए ।

कार्यक्रममा ट्याक्टर मर्मत तालिम लिएपछि आफूले गाउँका अरुको पनि बिग्रेका ट्याक्टर मर्मत गर्न सक्ने भएको भुमिकास्थान नगरपालिका वडा न ७ का तालिममा सहभागी हुम ब थापाले बताउनुभयो । हाम्रो गाउँमा ट्याक्टर ल्याउने र बिग्रेपछि त्यसै थन्कीने बाध्यता थियो अब त्यो हट्ने उहाँको भनाई थियो । आफ्नो जग्गामा प्रयोग गर्ने मात्रै होइन अरुको पनि बिग्रीएको ट्याक्टर मर्मत गरेर खनजोत गर्न सक्ने बनाउने क्षमता आफुमा आएको बताए ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न ७ का प्रशिक्षार्थी प्रेम ब वली ले तालिमले आफुहरूलाई निकै फाईदा भएको बताउदै तालिम बाट सिकेको सिपलाई उपलब्धिमुलक बनाई व्यबहारमा लागू स्वराेजगार बन्ने स्थानीय रूपमा दक्ष जनशक्ति उत्पादन भएको उनले बताए । कार्यक्रममा ५ दिने तालिमको सहजिकरण सन्धिखर्क स्थीत गाेविन्द कृषि मेशीनरी सप्लायर्सका सञ्चालक तथा प्राविधिक गाेविन्द चाैधरीले गर्नुभएको थियो । तालिममा सहभागी कृषकहरुले निकै लगाब सहित सिकेको र उहाँहरुले आफ्नो ठाउँमा राम्रो काम गर्ने अपेक्षा गर्न सकिने प्रशिक्षक गाेविन्द चाैधरीले भन्नुभयो ।

उहाँले भन्नुभयो ५ दिने तालिमको अवधिमा प्राक्टीकल र थ्यौरी गरीएको बताउँदै उहाँले भन्नुभयो–‘अहिले तालिमकै अवधिमा ५ वटा भन्दा बढी विग्रेका ट्याक्टर मर्मत गरेकाे बताउनुभयाे कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न ७ का सदस्य वडा सदस्य लक्ष्मी रायमाझी , खुम बहादुर वली , मेग बहादुर थापा स्थानीय मेलमिलापकर्ता हरिमाया आचार्य पत्रकार अनिल नेपालीको सहभागीता रहेको थियोे कार्यक्रम वडा अध्यक्ष रामचन्द्र ढुङ्गनाकाे अध्यक्षता वडा सचिव प्रकाश नेपालीको सञ्चालनमा सम्पन्न भएको थियोे । कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी लगायतको सहभागीता रहेको थियोे

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?