काठमाडौं फर्किए प्रधानमन्त्री बालेन शाह

काठमाडौ । रसुवाको भोटेकोशी बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार दिउँसो काठमाडौं फर्किएका हुन।

Workplace

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित बिहीबार बिहान ९:३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीहरूको स्थलगत अवलोकन गर्नुका साथै स्थानीय स्वास्थ्य संस्थामा पुगेर घाइतेहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए।

- Advertisement -Workplace

काठमाडौं फर्कनुअघि प्रधानमन्त्री शाहले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिसँग प्रभावित क्षेत्रमै समीक्षा बैठक गरेका थिए।

बैठकमा उनले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा क्षतिग्रस्त पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिए।

बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याउनासाथ विपद् व्यवस्थापनको कमाण्ड सम्हालेका प्रधानमन्त्री शाह आफैं स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका थिए।

फिल्ड निरीक्षण र आवश्यक निर्देशनपछि प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार नै राजधानी फर्किएको हो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?