सिडिएस–पार्क मुगुद्वारा खाद्यान्न, लत्ताकपडा र शैक्षिक सामग्री वितरण

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिकामा सिडिएस–पार्क र क्याक्मा संस्थाद्वारा विपन्न तथा अपाङ्गता भएका बालबालिकालाई राहत सामग्री वितरण गरियो।
  • अति विपन्न वर्गको दैनिक जीवन सहज बनाउन र बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउन खाद्यान्न, लत्ताकपडा तथा शैक्षिक सामग्री प्रदान गरिएको हो।
  • दुर्गम क्षेत्रका बालबालिकालाई सहयोग पुगेपछि स्थानीय अभिभावकहरूले खुसी व्यक्त गर्दै संस्थाको यस्तो मानवीय कार्यको प्रशंसा गरेका छन्।

रतन रावल मुगु।
मुगु जिल्लामा क्रियाशील सामाजिक संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र सिडिएस–पार्क) मुगु र बालविवाह विरुद्ध साझा अभियान क्याक्मा को संयुक्त सहकार्यमा आज मुगुको छायाँनाथ रारा नगरपालिका म रहेका विभिन्न टुहुरा अपाङ्गता बाल बालिका लाई राहत सामग्री वितरण गरिएको छ। संस्थाको विपद् राहत कोषमार्फत जिल्लाका अति विपन्न, असहाय, अपाङ्गता भएका महिला, बालबालिका तथा युवाहरूलाई खाद्यान्न, लत्ताकपडा तथा स्टेशनरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। छायाँनाथ रारा नगरपालिका वडा नं८ बालक रविन रावल खत्याड गाउँपालिका का बालक आयान साही कल्साया नेपालि जौमति बोहरा माया साही सावित्री साहि लाई आज विशेष कारेक्रम म राहत दइएको थियो।

Workplace

भौगोलिक रूपमा विकट र आर्थिक रूपमा पछाडि परेका लक्षित वर्गको दैनिक जीवनयापनमा सहजता ल्याउने र बालबालिका को शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको संस्थापका अध्यक्ष आज बहादुर शाही का जनाएका छन्।लक्षित वर्गलाई राहत र शैक्षिक सामग्री
राहत वितरण कार्यक्रममा प्रतिव्यक्ति खाद्यान्न र मौसम अनुकूलका लत्ताकपडाहरू प्रदान गरिएको थियो यस्तै, गरिब तथा जेहेन्दार बालबालिकाहरू विद्यालय जानबाट वञ्चित नहोऊन् र उनीहरूको पढाइमा निरन्तरता रहोस् भन्ने हेतुले कापी, कलम लगायतका आवश्यक स्टेशनरी सामग्रीहरू पनि हस्तान्तरण गरिएको छ। संस्था ले जनाएको छ।लक्षित वर्गका महिला, अपाङ्गता भएका व्यक्ति र युवाहरूलाई पहिचान गरी उनीहरूको वास्तविक आवश्यकताका आधारमा राहत छनोट गरिएको आयोजक ले बताएको छ।
स्थानीयस्तरमा खुसी र धन्यवाद ज्ञापन
भौगोलिक दुर्गमता र आर्थिक अभावका कारण बिहान–बेलुकाको छाक टार्न तथा बालबालिकालाई विद्यालय पठाउन समेत धौ–धौ परिरहेका बेला गाउँमै पुगेर राहत र शैक्षिक सामग्री पाएपछि स्थानीय नागरिक कल्या नेपालि निकै खुसी भएका छन्। राहत बुझ्दै स्थानीय पीडित तथा अभिभावकहरू ले विपद् र अभावको समयमा संस्थाले गरेको यो सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्।सिडिएस–पार्क र क्याक्मा मुगुले विगत लामो समयदेखि कर्णालीका दुर्गम बस्तीहरूमा बालविवाह न्यूनीकरण, सामाजिक सचेतना, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएका छन्। आगामी दिनहरूमा पनि यस्ता मानवीय र परोपकारी कार्यहरूलाई निरन्तरता दिइने संस्थाका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?