
- साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
- सुन प्रतितोला आठ हजार दुई सय रुपैयाँ घटेर तीन लाख आठ सयमा कारोबार भइरहेको छ।
- चाँदीको भाउ पनि तोलामा तीन सय ३५ रुपैयाँ घटेर चार हजार आठ सय ९५ कायम भएको छ।
काठमाडौ – कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।
अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।
आज चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको र । अस्ति शुक्रबार चाँदी तोलाको पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
