नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८२ का उत्कृष्ट घोषणा

दिनेश खत्री  काठमाडौं – हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गर्ने १९ औं नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड–२०८२ मा यस वर्षका उत्कृष्ट विजेताहरू घोषणा गरिएको छ।

Workplace

 

यसपटक उत्कृष्ट तिज गायिकाको अवार्ड मेलिना राई ले “यो तिजकै महिमा” गीतबाट हात पारेकी छन्। उनले २०८२ सालमा रिलिज भएका १०९ वटा तिज गीतलाई पछि पार्दै यो वर्षको उत्कृष्ट गायिका बन्न सफल भएकी हुन्। यस श्रेणीमा विष्णु माझी, कमल वली, सुनिता दुलाल र अञ्जु गौतमसमेत प्रतिस्पर्धामा रहेका थिए।

संगीततर्फ “छैननी चोलिया” का संगीतकार रेशम चौधरीलाई पछि पार्दै तारा प्रकाश लिम्बु उत्कृष्ट तिज संगीतकार घोषित भए भने उत्कृष्ट तिज गीतकार हरि सिवाकोटी बने। सिवाकोटीले “मत न राउली” गीतमार्फत मौलिक शब्द प्रयोग गरी निर्णायक मन जितेका हुन्।

त्यस्तै, उत्कृष्ट सम्पादक बिवेक सुनवार, उत्कृष्ट छायांकन मनोज पौडेल, उत्कृष्ट कलर मिलन विश्वकर्मा, र उत्कृष्ट ग्रुप लिडर हरि अधिकारी घोषित भए।

यसपटक उत्कृष्ट तिज कलाकारको सम्मान वरिष्ठ कलाकार मिथिला शर्मा ले प्राप्त गरिन्। उनले तिज गीत “कस्ता कस्ता” मा देखाएको सशक्त अभिनयका कारण अवार्ड जितेकी हुन्।

उत्कृष्ट तिज मोडलतर्फ “मत न राउली” की ललिता पौडेल ले अञ्जली अधिकारी, समारिका ढकाल र प्रशिम्मा खडकालाई पछि पार्दै अवार्ड आफ्नो पक्षमा पारिन्। सोही गीतबाट रुद्रमणी अधिकारी ले उत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भएका छन।

कार्यक्रमका अध्यक्ष आर.के. सुवेदी ले गत वर्ष करिब ३०० तिज गीत बनेकोमा यसवर्ष १०० भन्दा कम गीत बनेको र मौलिकता तथा मेहनत कमी भएकोप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण विजेताहरुलाई बधाई दिएका छन्।

नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड–२०८२ का प्रमुख विजेता

  • उत्कृष्ट गायिका : मेलिना राई (यो तिजकै महिमा)
  • उत्कृष्ट संगीतकार : तारा प्रकाश लिम्बु
  • उत्कृष्ट गीतकार : हरि सिवाकोटी
  • उत्कृष्ट सम्पादक : बिवेक सुनवार
  • उत्कृष्ट छायांकन : मनोज पौडेल
  • उत्कृष्ट कलर : मिलन विश्वकर्मा
  • उत्कृष्ट ग्रुप लिडर : हरि अधिकारी
  • उत्कृष्ट तिज कलाकार : मिथिला शर्मा
  • उत्कृष्ट तिज मोडल : ललिता पौडेल
  • उत्कृष्ट निर्देशक : रुद्रमणी अधिकारी

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा एक युवतीले गरिन आत्महत्या।

छुटाउनुभयो कि ?