सन्तोष के.सी को तिज गित “जेठो छोरो बुहारी” सार्बजनिक (भिडियो सहित)

समाचार सारांश
Auto Generated by AI
  • लोकप्रिय गायक सन्तोष के.सीले यस वर्षको तीजका लागि जेठो छोरो बुहारी गीत सार्वजनिक गरेका छन्।
  • सन्तोष के.सीको शब्द र लय रहेको उक्त गीतमा चर्चित गायिका देवी घर्तीलगायतको स्वर समावेश छ।
  • गीतको भिडियोमा किरण के.सी र दमन रुपाखेतीसहितका कलाकारको अभिनय रहेको छ।

गोकर्ण पाण्डे,गुल्मी।नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गाएक सन्तोष के.सी ले तिज गित “जेठो छोरो बुहारी” सार्बजनिक गरेका छन् ।

Workplace

लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीतसंगीतको पछि हिँड्ने गायक सन्तोष के.सी का थुप्रै लोकदोहोरी गीत बजारमा छन्।

पछिल्लो समय सन्तोष के.सीको स्वर मा रहेका भट्टीकी साउनी २, छोरी, सासु बुहारी र आमा, माईलीको भट्टी,पल्लाघरे सुन्तली, सासु बुहारिको झगडा,भट्टिकी साउनी,सौता, बुहारी, छोरिको कर्मा जस्ता तीज गीतहरू बजारमा निकै चर्चामा छन् । हरेक वर्ष तीज आउन बित्तिकै सन्तोष के.सी का फ्यानले तीज गीत खोज्न थाल्छन् । उसो त गायक सन्तोष के.सी ले हरेक वर्ष तीज गीत बजारमा ल्याउने गरेका छन्।

अहिले पनि फ्यानको माया साथले यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको के.सी ले बताए ।

गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा सन्तोष के.सी र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका देवी घर्ती,पुर्णकला बिसि,राधिका हमाल को स्वर भरिएको छ । गीतको शब्द र लय सिर्जना सन्तोष के.सी आफैँले गरेका छन्। गित को एरेन्ज सुदीप सागरले गरेका छन्। गीतको म्युजिक भिडियोमा किरण के.सी ,दमन रुपाखेती, लक्ष्मी गिरी, अंशु महर्जन,निरु खड्का अभिनय रहेको देख्न सकिन्छ। गीत भिडियो सन्तोष के.सी च्यानलबाट सार्वजनिक भएको छ।

भिडियो सहित    https://youtu.be/ptA5DIFKP7s?si=j1IRM3EYusQ_KPg3

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका गुल्मी संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?