डा. भीम रावलको नयाँ पार्टी ‘मातृभूमि जागरण अभियान’ को घोषणा: संगठन संरचनासहित अवधारणा सार्वजनिक

काठमाडौँ। पूर्व उपप्रधान एवं गृहमन्त्री डा. भीम रावलले नयाँ राजनीतिक पार्टी ‘मातृभूमि जागरण अभियान, नेपाल’ गठन गर्ने घोषणा गरेका छन्। नेकपा एमालेबाट निष्कासित भएका डा. रावलले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टीको अवधारणा पत्र र संगठनात्मक संरचना सार्वजनिक गरेका हुन्।

Workplace

 

डा. रावलले पार्टी निर्माणका लागि वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्मको संगठनात्मक संरचना तयार गर्ने बताएका छन्। उनका अनुसार प्रत्येक तहमा भेला गरी सोही भेलाबाट १५ देखि २५ सदस्यीय समिति चयन गरिने छ। समिति निर्माणका लागि आवश्यकता अनुसार सम्बन्धित तहमा परिषद् गठनको व्यवस्था पनि रहने उनले जानकारी दिएका छन्।

 

पार्टीको मुख्य उद्देश्य राष्ट्रिय एकता, सामाजिक न्याय र आर्थिक समृद्धिको खोजी हुने उल्लेख गर्दै डा. रावलले आफ्नो अभियानले देशभित्र नयाँ राजनीतिक सन्देश दिने विश्वास व्यक्त गरेका छन्।

‘मातृभूमि जागरण अभियान, नेपाल’ को नेतृत्वमा रावलको सक्रियता राजनीतिक वृत्तमा चर्चा विषय बनेको छ। संगठन निर्माण र भावी रणनीतिका लागि उनले निकट सहयोगीहरूसँग परामर्श गरिरहेको बताइएको छ।

डा. रावलले आफ्नो पार्टीले नयाँ पुस्ताको नेतृत्व विकासमा जोड दिने र पारदर्शी र इमानदार राजनीतिक संस्कृति निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्। यो घोषणाले देशभरका राजनीतिक विश्लेषकहरूको ध्यान आकर्षित गरेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?