
- मेष, सिंह र धनु राशिले स्वास्थ्य तथा खर्चमा विशेष सावधानी अपनाउनु आवश्यक छ।
- वृष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिमा आर्थिक र व्यावसायिक प्रगतिको योग छ।
- सबै राशिले आ-आफ्नो क्षेत्रमा संयम र धैर्य अपनाएमा कार्यसिद्धि हुने सम्भावना देखिन्छ।
मेष : स्वास्थ्यमा अलि सजग रहनुपर्ने देखिन्छ। खानपानमा ध्यान दिनुहोला र खानपिनका कारण पेटसम्बन्धी समस्या आउन सक्छ। गोपनियता जोगाएर काम गर्दा फाइदा हुनेछ। यात्रा गर्दा र सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला।

वृष : व्यापार(व्यवसाय तथा साझेदारीको काममा सफलता मिल्नेछ। जीवनसाथी वा प्रेम पार्टनरको राम्रो सहयोग प्राप्त हुनेछ। रमाइलो यात्रा वा छोटो पारिवारिक जमघटको सम्भावना छ। रोकिएका कामहरू सुचारु हुन सक्छन्।
मिथुन : प्रतिस्पर्धा तथा शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन् भने कानुनी वा व्यावहारिक विवादहरू सुलझिनेछन्। स्वास्थ्यमा क्रमिक सुधार आउनेछ र कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्याङ्कन हुनेछ।
कर्कट : बौद्धिक काम, अध्ययन र रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान पक्षबाट खुसीका समाचार सुन्न पाइनेछ। शेयर बजार वा बौद्धिक लगानीबाट लाभ मिल्ने सम्भावना छ। मनमा नयाँ र सकारात्मक विचारहरू आउनेछन्।
सिंह : चौथो भावमा चन्द्रमा रहेकाले मनमा केही अस्थिरता वा चिन्ता रहन सक्छ। पारिवारिक विषयलाई लिएर केही तनाव उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनुहोला। आमाको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। भौतिक साधन वा जग्गा(जमिनसम्बन्धी काममा सोच(विचार गरेर मात्र हात हाल्नुहोला।
कन्या : तपाईंको पराक्रम र उत्साह बढनेछ। दाजुभाइ तथा साथीभाइको राम्रो सहयोग मिल्नेछ। छोटा तथा लाभदायक यात्राहरू हुन सक्छन्। सामाजिक तथा रचनात्मक काममा रुचि बढ्नेछ र प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सकिनेछ।
तुला : आर्थिक लाभका अवसरहरू प्राप्त हुनेछन्। बोलीको प्रभाव बढ्नेछ जसले गर्दा रोकिएका कामहरू सहजै बन्नेछन्। मीठो भोजन प्राप्तिको योग छ। धन सञ्चयका लागि प्रयासहरू सफल हुनेछन्।
वृश्चिक : आत्मविश्वास र ऊर्जामा वृद्धि हुनेछ। नयाँ कामको थालनी गर्नका लागि समय अनुकूल छ। मान(सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ भने योजनाअनुसार कामहरू अगाडि बढ्नेछन्।
धनु : अनावश्यक खर्च बढ्न सक्छ। आर्थिक लेनदेनमा विशेष सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा भने सफलता मिल्न सक्छ। आँखा वा टाउको दुख्ने समस्या हुन सक्ने भएकाले स्वास्थ्यको ख्याल गर्नुहोला।
मकर : आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। सोचेका कामहरू पूरा हुनाले मन प्रसन्न रहनेछ। साथीभाइ तथा ठूला दाजुभाइबाट आर्थिक तथा नैतिक सहयोग प्राप्त हुनेछ। लगानीबाट राम्रो प्रतिफल मिल्नेछ।
कुम्भ : कार्यक्षेत्रमा पद(प्रतिष्ठा र सफलता मिल्नेछ। नयाँ जिम्मेवारी वा रोजगारीको अवसर प्राप्त हुन सक्छ। सरकारी वा प्रशासनिक कामहरूमा सफलता मिल्नेछ। वरिष्ठ व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ।
मीन : भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। धर्म(कर्म वा सामाजिक सेवामा संलग्न हुने अवसर मिल्नेछ। टाढाको यात्रा वा अध्ययन(अध्यापनका काममा सफलता मिल्नेछ।
