पश्चिमी वायुको प्रभाव: केही स्थानमा हिमपात, हवाई उडानमा सतर्कता अपनाउन सुझाव

 

Workplace

काठमाडौं | पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका केही भूभागमा आंशिक बदली भएको छ। विशेष गरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ।

- Advertisement -Workplace

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम सफा रहने अनुमान गरिएको छ।

यसैबीच, बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यातायात तथा हवाई उडानमा प्रभाव पार्ने चेतावनी दिइएको छ। हुस्सु र कुहिरोको कारण हवाई उडानमा ढिलाइ हुन सक्ने भन्दै नेपाल वायुसेवा निगम (NAC), बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, र समिट एयरले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम परिवर्तनका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले सबैलाई सतर्क रहन अनुरोध गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?