
- आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको छ।
- छापावाल सुनको मूल्य ३ लाख ५ हजार २०० र चाँदीको ४ हजार ७१० रुपैयाँ कायम भएको छ।
- अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको वृद्धिका कारण स्थानीय मूल्य बढेको हो।
काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलर
