काठमाण्डौ उपत्यकामा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाका ७ स्थानबाट खाना पकाउने ग्यास वितरण गर्दैछ।
  • उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर नजिकैको केन्द्रबाट ग्यास खरिद गर्न सक्नेछन्।
  • निगमले व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्न आग्रह गरेको छ।

काठमाडौ – नेपाल आयल निगमले काठमाण्डौ उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ ।

Workplace

आज ७ वटा बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् । त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेष्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार/नयाँ बानेश्वरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ ।

पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ । त्यस्तै, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेष्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिनेछ।

उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । निगमले बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ । यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर बिक्री–वितरण गरेको छ ।

टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी ५ वटा बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?