जुम्ल्याहा गर्भको सफल शल्यक्रियासँगै मुगुमा सुरक्षित मातृत्व सेवामा सुधार

कर्णाली – हिमाली जिल्ला मुगुमा जटिल जुम्ल्याहा गर्भको सफल सिजेरियन शल्यक्रिया(Caesarean Section) सम्पन्न भएको छ। स्वास्थ्य सेवा कार्यालय मुगु अनुसार कनकासुन्दरी गाउँपालिका–०२ मा २०८२ साल पौष २४ गते जुम्ल्याहा गर्भ (Twin Pregnancy) बोकेकी ३९ हप्ता ३ दिन पुगेकी गर्भवती महिलाको आकस्मिक सिजेरियन शल्यक्रिया सफलतापूर्वक गरिएको हो।

Workplace

स्वास्थ्य कार्यालयका अनुसार ती गर्भवती महिला सक्रिय प्रसव अवस्था (Active Phase of Labor) मा रहेकाले सामान्य सुत्केरी सम्भव नदेखिएपछि तत्काल आकस्मिक सिजेरियन शल्यक्रिया गर्ने निर्णय लिइएको थियो। समयमै गरिएको चिकित्सकीय निर्णय र स्वास्थ्यकर्मीहरूको समन्वयका कारण शल्यक्रिया सफल भएको र आमा तथा दुवै नवजात शिशुको अवस्था पूर्ण रूपमा स्वस्थ रहेको जानकारी दिइएको छ।
उक्त शल्यक्रिया डा. उदय कुमार मल्लको नेतृत्वमा डा. सन्तोष उपाध्याय र डा. अर्जुन भामले सम्पन्न गरेका हुन्। शल्यक्रियामा एनेस्थेसिया टोलीका विकास न्यौपाने र सुरेश गजुरेल,ओ टी नर्स रिना रावत, स्क्रब नर्स सावित्री मल्ल, सहायक कर्मचारी सिद्धा तथा अन्य सहयोगी स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। सबैको संयुक्त प्रयास, अनुशासन र व्यावसायिक क्षमताका कारण जटिल अवस्थालाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लाजस्तो दुर्गम र भौगोलिक रूपमा चुनौतीपूर्ण स्थानमा यस्तो जटिल शल्यक्रिया सफल हुनु आफैंमा ठूलो उपलब्धि मानिएको छ। स्थानीय स्तरमै सुरक्षित मातृत्व सेवा उपलब्ध हुनुले गर्भवती महिलालाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता घट्दै गएको संकेत गरेको छ। यसले समय, खर्च र जोखिम तीनै पक्षमा सकारात्मक प्रभाव पारेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

- Advertisement -Workplace

जटिल अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफल शल्यक्रिया सम्पन्न गराएकोमा डा. उदय कुमार मल्लप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण चिकित्सक, नर्स, एनेस्थेसिया टोली तथा कर्मचारीहरूप्रति स्वास्थ्य सेवा कार्यालय मुगुले हार्दिक आभार प्रकट गरेको छ।

स्थानीयवासीहरूले यो घटनालाई मुगु जिल्लाको स्वास्थ्य सेवामा आएको सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन्। दुर्गम क्षेत्रमा पनि दक्ष जनशक्ति, सही व्यवस्थापन र प्रतिबद्धताका साथ गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने सन्देश यस घटनाले दिएको उनीहरूको भनाइ छ। सुरक्षित मातृत्व सेवाको पहुँच विस्तार हुँदै जानु मुगुजस्ता जिल्लाका लागि आशाको किरण बनेको छ।
मुगु बाट तपेन्द्र ऐडीको रिपोर्ट

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?