महामारीबाट म`रे´का पशुको पनि क्षतिपूर्ति दिनुपर्छ’ : राष्ट्रिय सभा सदस्य घिमिरे

समाचार सारांश
Auto Generated by AI
  • महामारीमा मरेका पशुका धनीलाई सरकारले राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।
  • रोग नियन्त्रणका लागि जैविक सुरक्षाका उपायहरूलाई विधेयकमा प्राथमिकता दिनुपर्छ।
  • विधेयकलाई थप व्यावहारिक बनाउन समितिमा दफावार छलफल गराउन आग्रह गरिएको छ।
काठमाडौं । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले महामारीका कारण मरेका पशु चौपायाका धनीलाई राहत र क्षतिपूर्तिको स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभामा वुधबार ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विधेयक सकारात्मक रहे पनि केही व्यावहारिक र महत्वपूर्ण पक्षहरू छुट्न पुगेको उल्लेख गरे ।
नेपालमा ८० प्रतिशतभन्दा बढी जनसंख्या पशुपालनमा आधारित रहेको र यसलाई आर्थिक आयआर्जनको प्रमुख स्रोत बनाएको सन्दर्भ जोड्दै घिमिरेले यस क्षेत्रको सुरक्षाका लागि कडा र स्पष्ट कानुनी व्यवस्था अपरिहार्य रहेको बताए ।
विधेयकमा सङ्क्रमण फैलिन नदिन रोगग्रस्त पशु नष्ट गरिएमा क्षतिपूर्ति दिने प्रावधान भए पनि महामारीका कारण आफैँ मरेका पशुका हकमा राहतको कुनै व्यवस्था नभएकाले त्यसलाई थप गरिनुपर्ने उनको सुझाव थियो ।
यसैगरी, रोग लागिसकेपछि नियन्त्रण गर्नुभन्दा रोग लाग्नै नदिने ‘जैविक सुरक्षा’ (बायो–सिक्योरिटी) का उपायहरूलाई प्रवद्र्धन र परिस्कृत गर्ने नीति विधेयकमा समावेश गरिनुपर्नेमा पनि जोड दिए ।
स्थलचर पशु र पँक्षीका अलावा माछा पालन तथा जङ्गली जनावरहरूमा फैलिने सङ्क्रामक रोग नियन्त्रण र परीक्षणका विषयमा पनि विधेयकले स्पष्ट दिशा निर्देश गर्नुपर्ने उनको भनाइ थियो ।
पशु रोग नियन्त्रणसम्बन्धी व्यवस्थाले किसानको जीविकोपार्जन र मुलुकको समग्र अर्थतन्त्रमै प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस विधेयकमाथि बुँदागत रूपमा गम्भीर छलफलको आवश्यकता रहेको सांसद घिमिरेले बताए ।
विधेयकलाई थप परिस्कृत, व्यवहारिक र सर्वस्वीकार्य बनाउन विधायन व्यवस्थापन समितिमा लगेर दफावार छलफल गराउन उनले अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण पनि गराए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?