नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा

काठमाडौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।

Workplace

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बन भएको हो।

अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको पुष्टि गरेको छ। मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको संविधान र कानुनअनुसार स्पष्ट छ।

जबसम्म मुद्दाको किनारा लाग्दैन, सांसदको हैसियत निलम्बित रहन्छ।

यो प्रकरणमा आयोगले पतञ्जलिसँग सम्बन्धित सरकारी जमिन सट्टापट्टामा अनियमितता भएको दाबी गर्दै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि आयोगले नेपालसहित अन्य व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर गरेको हो।

पूर्व प्रधानमन्त्रीजस्तो वरिष्ठ नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनु राजनीतिक रूपमा पनि निकै महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?