आफ्नै कलमले आफैलाई झस्कायो पुन:: व्युतायो

काठमाडौं,  । कीर्तिपुरकी गंगा ज्ञवालीले मान्छेप्रति दृष्टिकोण र मनोविश्लेषणकै आधारमा सुन्दरता निर्धारण हुने बताउदै एक कविता लेखेकी छ्न ।  बाहिरी रूप वा रङभन्दा बढी आन्तरिक सोच र दृष्टि नै जीवनलाई सार्थक बनाउने उनको कविताको भनाइ छ।

Workplace

उनी लेखछिन , “यदि हाम्रो मनमा माया प्रेम छ भने, शत्रु र मित्रबीचको भिन्नता हराउँछ। यदि हाम्रो नजर सकारात्मक छ भने कसैलाई पनि नराम्रो देखिँदैन।”

जीवन अकल्पनीय र अनिश्चित भएकाले सबैलाई आत्मीय रूपमा हेर्न सक्नुपर्ने उनको कविताका भाव छ ।

उनीद्वारा लेखिएको कविता :

सबै मित्र सबै प्रिय
मलाई देख्ने तिम्रा आँखा सुन्दर छन् भने
मलाई बुझ्ने तिम्रो मन प्रिय छ भने
मलाई हेर्ने तिम्रो नजर सुन्दर छ भने हो

तिम्रो सुन्दर नजरले, तिम्रो प्रिय हेराइले
मलाई कदापि नराम्रो देख्ने छैन
किनकि तिम्रो नजर नै सुन्दर छ,
तिम्रो मनोविश्लेषण नै सुन्दर छ।

तिमी भित्र अथाहा माया प्रेम छ भने
तिमी भित्र भगवानको बास छ भने
तिमी कसैलाई नराम्रो देख्न सक्दैनौं
कसैलाई नराम्रो बुझ्न सक्दैनौं।

शत्रु र मित्रबीचको भिन्नता छुट्याउन सक्दैनौं
किनकि तिमी भित्र भगवानको बास छ।
सबैलाई हेर्ने नजर सकारात्मक छ,
डाह, रिस, राग छैन।

तिम्रो लागि सबै समान छन्।
हो, त्यसैले तिम्रो नजरमा म मेरो,
मेरो नजरमा तिमी मेरो,
मेरो नजरमा सबै असल छन्,
सबै आफन्त नै आफन्त छन्।

सबै मित्र, सबै प्रिय।
आखिर जीवन अकल्पनीय छ,
अनिश्चित छ।

सुन्दरता रूप र रङमा होइन,
बरु हेराइमा, आन्तरिक बुझाइमा हुन्छ।
मनोविश्लेषणमै निर्धारण हुन्छ।

गंगा ज्ञवाली, कीर्तिपुर काठमाडौं

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?