icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ अख्तियारी

Workplace

काठमाडौं । नेपालको प्रमुख खेलकुद पूर्वाधारमध्ये एक मानिएको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यलाई तीव्रता दिन सरकारले थप बजेटीय अख्तियारी प्रदान गरेको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनाको प्रगति विवरणमार्फत शहरी विकास मन्त्रालयलाई उक्त रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँको अख्तियारी दिएको हो।

‘युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँको बजेट अख्तियारी गरिएको छ,’ अर्थ मन्त्रालयले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन विश्वविद्यालय परिसरभित्र निर्माणाधीन कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै, बाँकी कामका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयले आयोजना ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’ का रूपमा परिभाषित गरिएको छ।

मन्त्रिपरिषद्ले गुरुयोजना स्वीकृत गरेसँगै अर्थ मन्त्रालयले सोही निर्णय कार्यान्वयनका लागि ४० करोड रुपैयाँको अख्तियारी दिने निर्णय गरेको हो। यसअघि, गत वर्ष असार अन्त्यमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदानलाई आधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको रंगशालामा रूपान्तरण गर्ने रहेको थियो।

प्यारापिट निर्माणको जिम्मा बिटिओआई–केसिडिसी–पिजी कन्स्ट्रक्सन्स कम्पनीले पाएको थियो, जसले तोकिएको समयमै प्यारापिटको काम सम्पन्न गरिसकेको छ। यस्तै, फ्लडलाइट निर्माणको ठेक्का विसान ईश्वरी जेभी लाई दिइएको थियो। मन्त्रालयले गत फागुन २२ गते सम्झौता गरी २३ गतेदेखि काम सुरु गर्न निर्देशन दिएको थियो।

यद्यपि प्यारापिटको काम पूरा भए पनि फ्लडलाइट निर्माणमा ढिलाइ भएपछि रंगशाला निर्माणको पहिलो चरण अझै सम्पन्न हुन सकेको छैन। अहिले सरकारको तर्फबाट प्राप्त नयाँ ४० करोड रुपैयाँले बाँकी कामलाई तीव्रता दिने र रंगशालालाई पूर्णरूपमा प्रयोगयोग्य बनाउने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूको भनाइमा, यो परियोजना सम्पन्न भएपछि नेपालको क्रिकेट पूर्वाधारमा गुणात्मक रूपान्तरण आउनेछ, जसले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहजता पुर्‍याउनेछ र नेपाली क्रिकेटको विकासमा नयाँ ऊर्जा थप्नेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?