देशका विभिन्न ठाउँमा पानी परेको छ भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

समाचार सारांश
Auto Generated by AI
  • गएरातिदेखि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ।
  • लमजुङ, चितवन, दाङ, बाँके र बर्दियामा भारी वर्षा मापन गरिएको छ।
  • मौसम पूर्वानुमान महाशाखाले आउँदा दुई दिन थप मुसलधारे पानी पर्ने चेतावनी दिएको छ।

काठमाडौ – गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो चार घण्टामा, लमजुङको भोर्लेटारमा सबैभन्दा बढी ११४ मिलिमिटर पानी परेको छ । त्यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ ।

Workplace

गण्डकी र लुम्बिनी  प्रदेशका धेरै ठाउँमा,  कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही  ठाउँमा तथा कर्णाली र मधेश  प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक, दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला/नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ । भोलि र पर्सि मधेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित ठूलो वर्षा तथा एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको हो ।

प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित ठाउँमा जान तथा तीनवटै सुरक्षा निकाय, पालिका, स्वयंसेवकलगायतका सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा ‘सेभ’ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै ठाउँ तथा हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भेगका एक/दुई ठाउँमा भने आज ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?