लिपुलेक–लिम्पियाधुरा समेटिएको नक्सामाथि झण्डा राख्दै ओली : ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’

दिनेश खत्री  काठमाडौँ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री  तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक–लिम्पियाधुरा र कालापानीसहितको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

Workplace

तस्वीरसहित ओलीले संस्कृत श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ उल्लेख गर्दै “जय जय–नेपाल” लेखेका छन्।

ओलीको यस पोस्टलाई एमालेका नेता तथा कार्यकर्ताले राष्ट्रहितमा गरिएको दृढ अडानको प्रतिक भन्दै समर्थन गरेका छन्। उनीहरूले आज दिनभर सामाजिक सञ्जालमार्फत सो तस्वीर साझा गर्दै ओलीको राष्ट्रवादी भूमिकाको प्रशंसा गरेका छन्।

लिपुलेक–लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा २०७७ सालमा तत्कालीन प्रधानमन्त्री ओलीकै नेतृत्वमा मन्त्रिपरिषद्ले पारित गरी संसद्बाट सर्वसम्मत समर्थन पाएको थियो। सो नक्सा अनुमोदनसँगै नेपालले आफ्नो सार्वभौमिक अधिकारप्रति स्पष्ट अडान लिएको थियो।

ओलीको चीन भ्रमणका सन्दर्भमा आएको यो पोस्टलाई राजनीतिक मात्र नभई राष्ट्रिय भावना जोडिएको अभिव्यक्ति भनेर विश्लेषण गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा एक युवतीले गरिन आत्महत्या।

छुटाउनुभयो कि ?