
- सांसद पदमा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने माग गरिन्।
- विगतमा साना घटनामा राजीनामा माग्नेहरू अहिले किन मौन भन्दै उनले सरकारलाई कडा प्रश्न गरिन्।
- गोली काण्डमा नागरिकको ज्यान गएपछि जिम्मेवार व्यक्तिहरूले राजीनामा दिने कि नदिने भनी उनले संसद्मा दबाब दिइन्।
काठमाडौ – नेकपा एमालेकी सांसद पदमा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाका नैतिक जिम्मेवारी लिने कि नलिने भन्दै संसदमा प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अर्यालले विगतका काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही बन्नु पर्ने थुनामा बस्नु पर्ने, राजीनामा दिनुपर्ने।

अहिले सुनसरीमा गोली चलेर नागरिकको ज्यान जाँदा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्छ कि पर्दैन ? थुनामा बस्नु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेकी छन् । उनले विगतमा अरुलाई फौजदारी अभियोग लगाउनेहरु आज सुनसरीको घटनाको नैतिक जिम्मेवारी लिन तयार छन् कि छैनन् भन्दै प्रश्न गरेकी छन् ।
