भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा

काठमाडौँ – भारतीय विदेश सचिव विक्रम मिस्री आज बिहान नेपाल आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे छलफल गर्नुका साथै औपचारिक निमन्त्रणापत्र बुझाउने कार्यक्रम रहेको छ।

Workplace

विशेष विमानमार्फत बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिस्री सिधै बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेका छन्। त्यसपछि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा भेट्ने कार्यक्रम रहेको छ।

दिउँसो उनले बुढानीलकण्ठमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग र खुमलटारमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नेछन्। त्यसपछि परराष्ट्र मन्त्रालयमा सचिवस्तरीय बैठक हुने र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ।

परराष्ट्र सचिव राईले मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्। भदौ २ गते उनले पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने तय भएको छ। यस क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा तय गर्ने र भ्रमण लम्ब्याउने विषयमा पनि छलफल हुने मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?