काठमाण्डौ – सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको हो ।
त्यस्तै चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
