सांसद शाहको पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतले सांसद अभिषेकप्रताप शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
  • ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ अनुमति पाएका शाहले दायर गरेको रिटमा अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
  • छलफल नभएसम्मका लागि मात्र यो आदेश जारी भएको र विपक्षीसँग लिखित जवाफ पनि माग गरिएको छ।

काठमाडौ – सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

Workplace

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा सो आदेश जारी गरेको हो। कांग्रेस सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले यस प्रकरणमा विपक्षीहरूका नाममा लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। सर्वोच्च अदालतमा दुवै पक्षबीच छलफल नहुञ्जेलसम्मका लागि मात्र यो अल्पकालीन अन्तरिम आदेश जारी भएको अदालतले जनाएको छ।

यसअघि कपिलवस्तु जिल्ला अदालतले ज्यान मार्ने उद्योगको आरोपमा अनुसन्धान अघि बढाउन सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मालाई कुटपिट गरी ज्यान लिने प्रयास गरेको आरोप लागेको छ।,

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?