
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतमा २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ।
- पदको दुरुपयोग गरी व्यवसायीसँगको मिलेमतोमा आर्थिक लाभ लिएको अभियोग उनीमाथि लगाइएको छ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र पेस गरेको हो।
काठमाडौ – एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र पेस गरेको हो ।
पौडेललाई व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरुपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टोवाको उद्योग प्रालि को उच्च मूल्यको सेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा लिलाई दिलाएको अभियोग लगाइएको छ ।
