खोटाङ कारागारमा एक कैदीको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • खोटाङ कारागारमा कैद सजाय भोगिरहेका २४ वर्षीय निशान राईको बुधबार बिहान मृत्यु भएको छ।
  • मंगलबार राति खाना खाएर सुतेका उनी फुटबल हेर्न उठाउने क्रममा बेहोस अवस्थामा भेटिएका थिए।
  • सवारी मुद्दामा जेल परेका राईको केही महिनामै कैद भुक्तान सकिने तयारीमा रहेको थियो।

काठमाडौ – खोटाङ कारागारमा कैद सजाय भोगिरहेका एक कैदीको मृत्यु भएको छ।

Workplace

जिल्लाको साकेला गाउँपालिका ४ मात्तिमका २४ वर्षीय सांकेतिक नाम ‘खोटाङ ध’ उर्फ निशान राईको बुधबार बिहान कारागारमै मृत्यु भएको हो।

कारागार कार्यालयका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार मंगलबार राति खाना खाएर सुतेका राई १२ः४५ बजे सुरु हुने विश्वकप फुटबल हेर्न उठाउन साथीहरूलाई भनेका थिए।

सोही अनुसार सवा १२ बजे उनलाई उठाउन खोज्दा बेहोस अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको थियो।

तर बिहान १ः३० बजे अस्पताल पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेको थियो। उनको शव जिल्ला अस्पतालमै पोस्टमार्टम गर्ने प्रक्रियामा रहेको कठायतले बताए।

‘हिजो यहाँ सुँगुर काटेर खाने कार्यक्रम थियो, निशानका दाजुसमेत त्यही भएकाले दाजुभाइ दुवैले मासु भात खाएर सुतेका थिए’ कठायतले भने ‘फुटबल हेर्न उठाउँदा बेहोस भएको पाइएपछि उपचार गर्न लाँदा डा.ले मृत्यु भइसकेको घोषणा गरे।’

सवारी मुद्दामा २ वर्ष कैद सजाय भुक्तान गरिरहेका राई ०८० साउन १२ गते जेल परेका थिए। उनी आगामी साउन ११ गते सजाय भुक्तान सकेर रिहा हुनेवाला थिए।

अदालतको ०७७ को फैसला अनुसार दोषी ठहर भए पनि ०८० मा मात्र पक्राउ परेर कैद भुक्तान गरिरहेको अवस्थामा घटना भएको कारागार कार्यालयले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?